काठमाण्डौं – बिनय गदाल र गरिमा शर्मा अभिनित मनछुने गीत ‘तिम्रै माया लाग्छ’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर गायक उद्दव बिश्वकर्मा र गायिका बबिना किरातीको रहेको छ ।
गीतमा शब्द र संगीत स्वयम गायक उद्दव बिश्वकर्माको रहेको छ । यस गीतलाई मनोज खड्काले संगीत संयोजन गरेका हुन् ।
रोजगारीको लागि बिदेशिनु पर्ने नेपालीहरुको बाध्यताको कथालाई मनछुने ढंगबाट प्रस्तुत गरिएको भिडियोमा बिनय र गरिमाको मुख्य भुमिका देख्न सकिन्छ । यसका साथै भिडियोमा रामचन्द्र अधिकारी र हरि शरण रसाइलीको पनि अभिनय रहेको छ ।
भिडियोमा अजय रेग्मीको छायांकन, पदम सुवेदीको सम्पादन रहेको छ । शिव बिकको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो ।
अभिनयमा पहिलो पटक डेब्यु गरेका मोडेल गदालले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सम्पुर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन् । साथै आगामी दिनहरुमा अझै स्तरिय सिर्जनाहरु सार्वजनिक गर्दै जाने गदालले बताएका छन् ।


