गोरखा – नेपाल बिद्यार्थी संघ गोरखाले बजार क्षेत्रमा सिठी जुलुश सम्पन्न गरेको छ ।
देशको विभिन्न भागमा भएका घटनाका बिषयमा सकारको ध्यानाकर्षण गर्ने उद्वेश्यका साथ संघले बजारमा सिठी जुलुशको आयोजना गरेको हो । ‘सरकार कानमा तेल हालेर बसेको छ । हामीले सरकारलाई साँकेतिक रुपमा बहिरो भएको हो कि भनेर सिठी सुनाएका हौ’ संघका गोरखा अध्यक्ष सुबास अधिकारीले बताए ।
नेपाली काँग्रेसले भोली (सोमबार) गर्ने भनिएको देश ब्यापी बिरोध कार्यक्रमको पुर्व सन्ध्यामा आयोजना गरिएको सिठी जुलुशले विशेष महत्व राख्ने अध्यक्ष अधिकारीले बताए ।
जुलुशले बजारको विभिन्न स्थानको परिक्रममा गरेर लोकतान्त्रिक चोकमा आएर कोण सभामा परिणत भएको थियो ।




















