गोरखा – गोरखाको १ गाउँपालिकाले बिदेश पलायनहुनबाट जोगाउने उद्वेश्यले ब्यवसायमा ८० प्रतिशत ब्याज अनुदानको कार्यक्रम ल्याएको छ ।
जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाले पालिका भित्र बसोबास गर्ने युवायुवतीहरुलाई बिदेश पलायनहुनबाट रोक्ने उद्वेश्यका साथ कृषि ब्यवसाय गर्नेहरुलाई ब्याजमा ८० प्रतिशत अनुदान दिने गरी कार्यक्रम ल्याएको हो ।
पालिकाले युवा विदेशपलयान हुन बाट रोक्ने उद्वेश्यका साथ ‘गाउँपालिका अध्यक्ष गरिवी निवारण कार्यक्रम कार्यविधी २०७७’ ल्याउदै गाउँपालिका भित्र कृषि ब्यवसाय सञ्चालन गरेका वा सञ्चालन गर्ने ब्यक्ति वा फर्मलाई ब्याजमा ८० प्रतिशत अनुदान दिने गरी कार्यक्रम ल्याएको अध्यक्ष विण्णु भट्टले बताए । ‘कार्यक्रम लागु भए पछि वेरोगार युवा शक्तिलाई स्थानिय रुपमा नै रोजगारी र्सिजना गर्न सकिने र स्वरोजगार तर्फ उन्मुख गराउन सकिने’ अध्यक्ष भट्टले बताए ।
पालिकाले सार्वजानिक सूचना नै जारी गर्दै ग्लोबल आईएमई बैंक मार्फत ऋण लगानी गरिने र त्यस्ता कृषकको ८० प्रतिशत ब्याज पालिकाले ब्यहोरीदिने जनाएको छ ।
उद्यमशिलता विकास गर्न र आर्थिक जिवनमा समृद्वि हाँसिल गराउन पनि यो कार्यक्रमले सहयोग पुग्ने पालिकाले विश्वास लिएको छ ।
यो कार्यक्रम अन्तरर्गत ब्यक्तिले ५ लाख र समूहले बढीमा १० लाख रुपैयाँ सम्मको कार्यक्रम ल्याउन सक्ने छ । पालिकाले यो बर्षका लागि ब्याज अनुदानका लागि भनेर ४० लाख रुपैयाँ बिनियोजन गरेको जनाएको छ ।
तस्बिर गुगल





















