गोरखा — गोरखाको थालाजुुङ्गमा बसले च्यापेर १ जना पुरुषको मृत्यु भएको छ ।
गोरखा बजारबाट केराबारी तर्फ गएको ना.३ ख ८१४३ नम्बरको बसले सिरानचोक गाउँपालिका २ को थालाजुङ्गमा बुद्घिबहादुर रम्तेललाई बसले च्याप्दा मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार हिजो साँझ ६ बजेको समयमा सोही बसमा यात्रा गरी रहेका सिरानचोक गाउँपालिका २ श्रीचौर निवासी ४८ बर्षका रम्तेल बसबाट झर्ने क्रममा सोही बसको पछाडीको चक्काले च्यापिएर घाईते भएका थिए । घाईते रम्तेललाई प्रार्थमिक स्वास्थ्य केन्द्र भच्चेकमा उपचारको क्रममा लगिएको भएता पनि त्यहाँका चिकित्सकहरुले साँझ ६:५० मा मृक्त घोषित गरेका थिए ।
घटनाका दोषि चाल र बस अहिले भच्चेक प्रहरीको निन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
मृत्तक रम्तेलको आज शब पोष्टमार्टम पछि परिवारलाई शब बुझाईने प्रहरी कार्यालयले जनाएको छ ।


