गोरखा – अखिल नेपाल फुटबल संघ (एन्फा)ले गोरखा जिल्लामा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्ने भएको छ ।
एन्फाको बिहिवार सम्पन्न वैठकले गोरखा जिल्लामा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न लागेको हो ।
एन्फाले प्रत्येक जिल्लालाई ५० हजार अमेरिकी डबल बरावरको रकम दिने भएको एन्फा गोरखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए । ‘हामीले बिगत बर्ष देखी नै गोरखा नगरपालिकाको छेवेटार मैदानमा सुविधा सम्पन्न भवन बनाई रहेका छौ । एन्फा केन्द्रबाट प्राप्त हुने उत्त रकम भने सोही खेलमैदान भित्रबन्ने संरचनाको लागि खर्चिने छ’ अध्यक्ष श्रेष्ठले भने ।
गोरखा नगरपालिका १० को छेवेटार दरौदी किनारामा निमाृण भई रहेको सुविधा सम्पन्न भवनमा निर्माण लागि गोरखा नगरपालिकाबाट गत बर्ष ६० लाख र यो बर्ष २० लाख गरी ८० लाख प्राप्त भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । अवास, चेन्जीङ रुम र शौचालयमा निर्माण गरीएको उत्त भवनमा अब भने पौडी पोखरी, जिम हल, फुटसल मैदान, प्रशिक्षण मैदान निर्माण गरिने भएको छ ।
त्यसका साथै हाल भई रहेको मैदानलाई घेराबार, स्तरोउन्नती लगायतका काममा एन्फाबाट प्राप्त रकम खर्च गरिने एन्फा गोरखाले जनाएको छ ।
बिहीबार बसेको एन्फा बैठकले गोरखा सहित इलाम, धनुषा, कैलाली, वाँके, मकवानपुर, वर्दिया, नुवाकोट, उदयपुर, सिन्धुपाल्चोक र झापामा समेत फुटबल प्रशिक्षण केन्द निर्माण गर्ने निर्णय गरेको छ । सबै जिल्लालाई एन्फाले जनही ५० हजार अमेरिकी डलर बरावरको रकम दिने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।
स्थानिय सरकार सँगको साझेदारीमा पहिलो चरणमा ११ जिल्लामा फुटबल प्रशिक्षण केन्द्रको निर्माण गरिने र एन्फाको ड्रिम प्रोजेक्टको रुपमा रहेको माछापुच्छ्रे गाउँ पालिकाको भिंडावारीमा निर्माण हुने बहुउद्धेश्यिय एन्फा टेक्निकल सेन्टर सहित ११ जिल्लामा फुटबल प्रशिक्षण केन्द्र निर्माणको कामलाई तत्कालै अगाडी बढाउने एन्फाले जनाएको छ ।
यो कार्यक्रम अन्तरर्गत एन्फाको ५० प्रतिशत र स्थानिय सरकारको ५० प्रतिशत लगानीमा फुटबल प्रशिक्षण केन्द्रका निर्माण हुने छ ।



