×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गोरखाको मनकामना मन्दिर र केबुलकार २६७ दिन पछि सञ्चालनमा आउदै

  •  गोरखा समाचार
  • शुक्रबार, मङि्सर २६, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – गोरखाको प्रसिद्व धार्मिक तिर्थ स्थल एवं नेपालकै पहिलो केबुलकार आइतबारबाट सञ्चालनमा आउने भएको छ ।

    नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण चैत्र ८ गतेदेखि बन्द भएको मनकामना मन्दिर केबुलकार एकै दिनमा खुल्ला गर्न लागिएको हो ।

    मनकामना क्षेत्र विकास समितिको मङ्गलबार बसेको बैठकले आवश्यक आधारभुत कार्यविधि तयार पार्दै भक्तजनहरुको स्वास्थ्य मापदण्ड पालना गराउने गरी आइतबार (मंसिर २८ गते) देखी मनकामना मन्दिर सञ्चालनमा ल्याउन लागिएको समितिका अध्यक्ष रामकुमार जोशीले बताए । ‘लामो समय देखी पूजाआजा रोकिदा हिन्दु धर्मालम्बीहरुलाई पनि समस्या भएको र मन्दिरमा आश्रीत भएर जिबिका चलाउनेहरुको समेत समस्या आएपछि आवश्यक सुरक्षा ब्यवस्था अपनाएर मात्र मन्दिर सञ्चालनमा ल्याउन लागिएको’ अध्यक्ष जोशीले भने ।

    आवश्यक आधारभुत कार्यविधि

    मन्दिर सञ्चालनमा ल्याउन मनकामनामा मुल पुजारी ईन्सानबहादुर थापा समेत सहमत भएका छन् । थापाले पुजा र भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तत्कालका लागि मन्दिर भित्रै प्रवेश गरेर पुजा गर्न र बलि दिने स्थान सम्म पुग्न प्रतिबन्ध लगाए मन्दिर सञ्चालनमा ल्याउन लागिएको बताए । ‘पहिलो चरणमा हामी मन्दिरमा पुजारी बाहेक अरु कसैलाई पनि प्रवेश दिदैनौ । भक्तजनका लागि भनेर मन्दिरको पश्चिम तर्फका झ्याल र मुल द्वार संगै रहेको देब्रे तर्फको झ्याल खुल्ला गरेर बाहिरबाटै पुजा लिनेदिने ब्यवस्था गरिएको’ पुजारी थापाले भने ।
    बलिका बिषयमा क्षेत्र बिकास समिति र मन्दिरका पुजारी बिच विवाद भएता पनि अहिलेका लागि बलिदिने स्थानमा नै एक जना पुजारीको ब्यस्था गरेर संकल्पको लागि ब्यवस्था मिलाएको पनि पुजारी थापाले बताए ।

    यता मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै केबुलकार आइतबार देखी सञ्चालनमा ल्याउने र पहिलो चरणमा आधा क्षमतामा मात्र सञ्चालन गर्ने जनाएको छ ।

    अब केबुलकारमा यात्रा गर्ने जो कोहीले पनी कडा सुरक्षा चेकजाँच पछि मात्र प्रवेश पाउने छन् । ‘हामीले स्वास्थ्य सुरक्षा मापदण्ड एसपिओ पालना गर्दै केबुलकार सञ्चालनमा ल्याउने निर्णय गरेका हौ’ भन्छन् सञ्चालक मध्येका एक राजेशबावु श्रेष्ठ ।

    श्रेष्ठका अनुसार १०० डिग्री फरेनहाइट ज्वरो देखिएमा, रुघाखोकीको लक्ष्यण देखिएका कुनै पनि यात्रुलाई केबुलकार यात्रामा प्रतिबन्ध लगाइएको छ । यात्रुले लाइनमा बस्दा भौतिक दुरी, केबुलकार प्रवेश गर्ना साथै स्वचालित ह्याण्ड स्यानिटाइजर वा साबुनपानीले हात धुनुपर्ने, भिडभाड गर्न, बनभोज खान समेत मनकामना दर्शन प्रालिले यात्रुलाई प्रतिबन्ध लगाएको छ ।

    केबुलकारमा प्रति धण्टा ६६० जना यात्रुले यात्रा गर्न सक्ने भएता पनि केही समयका लागि ३३० जनाले मात्र यात्रा गर्न पाउने छन् ।

    स्वास्थ्य सुरक्षालाई विशेष महत्व दिएको केबुलकार प्रशासनले आफ्नो कर्मचारीलाई फेस सिल्ड र माक्स जस्ता सुरक्षा सामाग्रीको प्रबन्ध गरेको छ । ‘हामीले कर्मचारी मात्र होइन दैनिक रुपमा केबुलकार र परिषलाई डिसइन्फेक्सन गर्ने तयारी पुरा गरेका छौ’ सञ्चालक राजेशबावु श्रेष्ठले बताए ।

    केबुलकार परिषर भित्रै रहेको रेष्टुरेन्ट भने पौष ३ गते देखी मात्र सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ ।
    मनकामना मन्दिर र केबुलकार चैत्र ८ गते देखी बन्द गरिएको थियो । मन्दिर र केबुलकार २६७ दिन पछि मात्र सञ्चालनमा आउन लागेको हो ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, मङि्सर २६, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.