गोरखा – नोबल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन सक्ने भन्दै जिल्ला भित्रको मठ, मन्दिर, गुम्बा, मस्दिज र चर्च माथि लगाईएको निषेधाज्ञा आज देखी फुकुवा भएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाले एक सूचना जारी गर्दै आज देखी जिल्लाको सबै प्रधारको धार्मिक तिर्थ स्थलको निषेधाज्ञा फुकुवा गरेको जनाएको हो ।
जिल्लास्तरीय कोभिड बिपत व्यवस्थापन केन्द्र (सिसिएमसी) बैठकले मठ, मन्दिर, गुम्बा, मस्दिज र चर्च माथीको निषेधाज्ञा फुकुवा गर्न स्थानिय प्रशासनलाई आग्रह गरे संगै जिल्ला प्रशासन कार्याल गोरखाले आज (शुक्रबार) देखी लागुहुने गरी त्यस्ता प्रकारका सबै निषेधाज्ञा फुकुवा गरेको हो ।
यो संगै अब गोरखा जिल्लाको प्रसिद्व धार्मिक तिर्थ स्थल एवं ऐतिहासिक महत्वका मठ मन्दिर तथा गुम्बाहरु खुल्ला गर्ने बाटो समेत खुेलेको छ ।



