गोरखा – नोबल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन सक्ने भन्दै जिल्ला भित्रको मठ, मन्दिर, गुम्बा, मस्दिज र चर्च माथिको निषेधाज्ञा फुकुवा भएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखामा आज भएको जिल्लास्तरीय कोभिड बिपत व्यवस्थापन केन्द्र (सिसिएमसी) बैठकले मठ, मन्दिर, गुम्बा, मस्दिज र चर्च माथीको निषेधाज्ञा फुकुवा गर्न स्थानिय प्रशासनलाई आग्रह गरे संगै जिल्ला प्रशासन कार्याल गोरखाले भोली शुक्रबार देखी लागुहुने गरी त्यस्ता प्रकारका सबै निषेधाज्ञा फुकुवा गरेको हो ।
यो संगै अब गोरखा जिल्लाको प्रसिद्व धार्मिक तिर्थ स्थल एवं ऐतिहासिक महत्वका मठ मन्दिर तथा गुम्बाहरु खुल्ला गर्ने बाटो समेत खुेलेको छ ।

गोरखा सदरमुकाममा रहेको गोरखाकाली मन्दिर, गोरखनाथ गुफा, मनकामना मन्दिर समेत अब आउने आइतबार देखी खुल्ला हुने निश्चित भएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाले दिउसो एक सूचना जारी गर्दै ‘जिल्ला भित्र रहेका मठ, मन्दिर, गुम्बा, मस्दिज र चर्च लगायतका स्थानमा नित्य पुजा बाहेक दर्शन तथा सामुहिक पूजापाठ गर्न लगाको निषेधाज्ञा आज मिति २०७७/८/२५ गते बसेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समितिको बैठकले जिल्ला भित्र बर्तमान कोभिड–१९ संक्रमणको स्थिती विश्लेषण गरी गरेको सिफारीस अनुसार भोली मिति २०७७/८/२६ गते शुक्रबार देखी लागुहुने गरी हटाएको’ जनाएको छ ।
कार्यालयको सूचनामा ‘सम्पूर्ण जिल्लावासी तथा भक्तजन/दर्शनार्थीहरुले ब्यक्तिगत स्वास्थ्य तथा सुरक्षालाई ख्याल गरी मास्कको प्रयोग गर्नुहुन, भौतिक दुरी कायम गर्नुहुन, भिडभाड नगर्नुहुन, स्वास्थ्य सचेतना लगायतका स्वास्थ्य तथा सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्नु गराउनु हुन’ समेत भनेको छ ।





















