गोरखा – गोरखाको ३ स्थानिय तहमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको पालुङटार र गोरखा नगरपालिका र सिरानचोक गाउँपालिकामा गरी थप ६ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।
संक्रमण देखिएको पालुङटार नगरपालिका ४ र ५ मा १ महिला र २ पुरुष, गोरखा नगरपालिकाको ८ मा १ जना महिला र सिरानचोक गाउँपालिका ७ मा २ जना पुरुषमा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
संक्रमण देखिएका सबैको क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब परिक्षणका क्रममा पोजेटिभ देखिएको हो ।



