गोरखा – गोरखा अस्पतालमा पुनःसञ्चालनमा आएको छ । चिकित्सक माथि कुटपिट भएको बिरोधमा २ दिनदेखि बन्द अस्पताल आज देखी सञ्चालनमा आएको हो ।
प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले दोषीलाई पक्राउ गरि कानुनी कारवाही गर्ने प्रतिबद्धता जनाएपछि बन्द ओपिडी सुचारु गरिएको अस्पताल प्रसासनले जनाएको छ ।
‘चिकित्सकहरुले प्रसासन कार्यालयमा दोषीलाई कारवाहीका लागि निवदेन समेत दिई सकेको छ अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा.नविन थापाले जानकारी दिए ।


