गोरखा – गोरखा प्रहरीले आइतबार जंगलमा बन्दुक फालेर भाग्ने मानिसको खोजी गरिरहेको छ ।
पालुङटार नगरपालिका ४ घिमिरे थोकको सामुदायिक बनमा बन्दुक फालेर भाग्नेको खोजी भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
आइतबार राती १०ः३० बजे ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीको गस्ती टोलीलाई देख्ना साथै बर्षाले सामुदायिक बनमा बन्दुक फालेर भागेका ब्यत्तिको पहिचान र खोजी भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले बताए । ‘हाम्रो गस्ती टोलीलाई देख्नासाथै बरुवा बन्दुक फालेर भाग्यो । को मानिस हो ? कहाँको हो ? पहिचान हुन नसकेको’ प्रहरी उपरिक्षक गुरुङले भने ।
रातीको समयमा जंगल बिचमा त्यसरी बन्दुक बोकेर हिड्ने मानिस चोरी सिकारीको लागि भएको हुन सक्ने अनुमान ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीले गरेको छ ।
फालिएको बन्दुक मुचुल्का तयार पारेर प्रहरीको नियन्त्रणमा राखिएको छ । फरार ब्यक्तिको बारेमा जानकारी दिन समेत प्रहरीले सर्व साधारणलाई अनुरोध गरेको छ ।
फाईल तस्बिर


