×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

बिदेशबाट फर्किएर बट्टाईपालनमा ब्यस्त काजीराम !

  •  गोरखा समाचार
  • मङ्गलबार, मङि्सर २३, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा – सामान्य पनि जो कोहीले बिदेशमा रहेको राम्रो कमाई छाडेर स्वदेशमा कृषिमा कर्ममा लाग्लान भन्ने सोच्दैनन् । तर गोरखा बजारमा रहेका १ युवकले भने विदेशको राम्रो कमाई छाडेर अहिले ब्यवसायीक बट्टाई पालनमा लागेका छन् ।

    १३ बर्ष विदेशमा रहेका काजीराम थापा अहिले आफ्नो राम्रो आम्दानी दिने जागिर दाउमा राखेर बट्टाईपालनमा लागेका हुन् ।

    थापाले बहराईन, कुवेत, माल्दिभ्समा मात्रै १३ बर्ष बिताए । नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण स्वादेशमा नै बसेर केही गर्ने योजना बनाए पछि ब्यवसायीक बट्टाई पालनमा लागेको थापाले सुनाए । ‘बिदेशबाट फर्किएपछि भविस्यमा स्वदेशमा गएर के गर्ने भनेर सोचि रहन्थे’ उनले भने, ‘यसमा थोरै लगानीबाट धेरै आम्दानी गर्न सकिने देखेपछि मैले व्यवसायिक बट्टाई पालन सुरु गरेको हो ।’

    लकडाउन अघि नेपाल फर्किएका थापाले बजारमा रहेको आफ्नै घरमा सामान्य रुपमा सुरुवात गरेको बट्टाईपालनबाट राम्रो आम्दानी दिन थालेपछि बिदेश जाने मन मोडेर अहिले व्यवसायिक रुपमा बट्टाई पाल्न थालेका हुन् ।

    सुरुमा एउटा खोरमा पालेको बट्टाईको अण्डाले बजारको माग थेग्न नसकेपछि थप खोरहरु निर्माण गरी २ थरीका बट्टाई पाल्न थालेका छन् । अहिले उनलाई बजारमा बट्टाईको अण्डाको माग थेग्न गारो परेको छ ।

    बिस्तारै चल्लाको माग पनि बढेको भन्दै उनले अहिले आफ्नै घरमा ह्याचिङ मेशिन राखेर चल्ला उत्पादन समेत थालेका छन । उनी यतीमा मात्र सिमीत छैनन् । बजारमा जे माग आउछ त्यही गर्न तयार छन् । उनले कालो कुखुराका साथै स्थानिय जातका अन्य कुखुरा र कालिजको अण्डा समेत ह्याचिङ गर्न थाली सकेका छन् ।

    थापाले ह्याचरीबाट मासिक ४ हजार बट्टाईको चल्ला उप्पादन गर्दै देशको विभिन्न स्थानमा बिक्री गर्दै आएको समेत बताए । उत्पादन गरेको पहिलो महिनामा नै २ हजार चल्ला बजारमा बिक्रि भए पछि उनी हौसिदै उत्पादनलाई बढाउने उद्वेश्यका साथ मेशिन थप गर्न लागेका छन् । बजारमा एउटा चल्लाको ४५ रुपैयामा बिक्रि हुने गरेको थापाले बताए ।

    अण्डा भने उनले प्रति गोटा ८ रुपैयाँ ५० पैसामा बिक्रि गर्दै आएको अनुभव सुनाए । ‘अण्डा मात्रै मासिक ७ हजार गोटा भन्दा बढी बिक्रि गर्छु’ थापाले भने । उनले मासिक अण्डा बिक्रीबाट मात्रै ३० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

    राम्रो हेरबिचार र दानापानी मिलेको खण्डमा बट्टाईको चल्लाबाट गर्मीमा ३६ दिन र जाडोमा ४० देखी ४२ दिनमा अण्डा लिन सकिने छ । एउटा बट्टाईले एक बर्षमा कम्तीमा २५० वटासम्म अण्डा उत्पादन गर्न सक्छ । बट्टाइको अण्डा र मासु प्रयोगबाट दम, प्रेसर, सुगर, निमोनिया जस्ता बिरामीहरुलाई बढी फाइदा हुने गर्दछ ।

    बिदेशको राम्रो कमाइमा जाँदा घरपरिवारबाट टाढा रहनु पर्ने बाध्यता अहिले हटेको थापाको अनुभव छ । घरमा सबै संग बसेरपनि थोरै लागनीमा राम्रो आम्दानी हुने गरेकोले बिदेशमा रहेका युवाहरुलाई स्वदेशमा नै आएर कृषिमा काम गर्न उनको अनुरोध छ ।

    उनकाे फर्ममा पालिएकाे कालिज

     

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, मङि्सर २३, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.