गोरखा – बालमन्दिर माविमा अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ ।
नेपाल बाल संगठन गोरखा तदर्थ समितिका सभापति मोहनप्रसाद भट्टराईको जन्म दिनमा भट्टराईले बिद्यालयमा अध्ययनरत असाह्य र अनाथ बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको हो ।
हालै गठिन तदर्थ समितिका पदाधिकारीको परिचयात्म कार्यक्रममा समितिका सभापति भट्टराईले आफ्नो जन्म दिनको अवशरमा त्यहाँ अध्ययनरत २७ जना बालबालिकाहरुलाई ट्याकसुट, जुत्ता, मोजा र टोपीका साथै कपी र कलम समेत बितरण गरेका थिए ।
कार्यक्रममा नेकपा जिल्ला कमिटी सचिव प्रेम गुरुङ र नेपाली काँग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले समितिले राजनिती भन्दा माथि उठेर बालबालिकाहरुको हक हितको लागि काम गनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, गोरखा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष नारायणप्रसाद अर्याल, बालमन्दिर माबिका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धिरजबहादुर मास्के, जिल्ला शिक्षा तथा समन्वय ईकाइका खेमराज पाैडेल र नेपाल पत्रकार महासंघ गोरखा शाखाका उपाध्यक्ष दिपक श्रेष्ठले तदर्थ समितिको कायर् कालको शुभ कामना ब्यत्त गरेका थिए ।
उत्त कार्यक्रममा तदर्थ समितिका सदस्यद्वय प्रविण श्रेष्ठ, सोनी भट्टराई, नेकपा गण्डकी सम्र्पक समितिका अध्यक्ष कमल दानी समेतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लुमनाथ लामिछानेले बिद्यालय सञ्चालनको गतिविधीको बिषयमा जानकारी गराएका थिए ।


