गोरखा – उपचारका लागि चितवन पुगेका पालुङटारका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले आज एक सूचना जारी गर्दै उपचारका लागि चितवन पुगेका पालुङटार नगरपालिकाका २ जना पुरुषमा संक्रमण देखिएको पुष्टी गरेको हो ।
संक्रमण देखिएका उनीहरु पालुङटार नगरपालिका ५ ठाँटीपोखरीका ४३ बर्षका पुरुष र १० मिरकोटका ४२ बर्षका पुरुषमा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
दुवै जनाको चितवन मेडिकल कलेजमा फिभर क्लिनीकमा स्वाब परिक्षणका क्रममा पोजेटिभ देखिएको हो ।



