गोरखा – नेपाल पत्रकार महसंघ गण्डकी प्रदेशका सदस्य एवंम मनासलु डटकमका सञ्चालक राजेन्द्र न्यौपानलाई ज्यान मार्ने धम्की आएको छ ।
गोरखा अस्पतालका चिकित्सकहरुलाई दुव्र्यहार भएको समाचारलाई लिएर आफुलाई दलित बिधार्थी संघ गोरखाको अध्यक्ष बताउने रचन परियारले गएराती (सनिबार) म्यासेन्जरमा कल गरेर ज्यान लिनेसम्मको धम्की दिएको पत्रकार राजेन्द्र न्यौपानेले बताए । ‘परियारले समाचार लेखेको बिषयलाई लिएर अपशब्द प्रयोग गर्दै जहाँ भेटयाे त्यही ठिक पार्ने चेतावनी दिएको’ न्यापानेले भने ।
‘सुन मेरो कुरा, तेरो नम्बर दे, तलाई म अहिले भेट्न आउछु‘ भन्दै उनले ‘तैले कुटेको देखेको छस ?’ भन्दै मुख छोडेको पत्रकार न्यौपानेले बताए । उनले आफु नेबिसंघको जिल्ला सदस्य पनि भएको भन्दै पुलिस प्रशासनसंग आफु नडराउने धम्की समेत दिएको अडियो रेकर्ड गोरखा समाचार डटकमलाई प्राप्त भएको छ ।
परियारले ठूलो कुरा नगर त सिधेलास भन्दै म्यासेन्जर कलमा उनले तेरो पुलिस प्रसासनबाट म डराउने मान्छे होइन । तेरो पुलिसले समेत आफुलाई केही गर्न सक्दैन भन्ने जस्ता शब्द हामीलाई प्राप्त अडियोमा स्पष्ट संग सुन्न सकिन्छ । गाली गलौच गर्ने परियारले आफ्नो घर सतिपिपलको क्याफे दि चौतारीसंग जोडिएको भन्दै सकेको गर्न चुनौती दिएर आफुले भेटे त्यही मुन्टाे छिनाईदिने धम्की दिएका छन् ।
पत्रकार न्यौपानेले रचनलाई चिकित्सक माथि किन हातपात गरेको ? भन्ने प्रश्नमा उल्टै परियारले अब तलाई कुट्छु बुझिस् भन्दै मुख छाडेको थिए । त चोर होेस तलाई मार्छु उनले टेलिफोनमा भने । घटनालाई लिएर पत्रकार न्यौपानले आफ्नो सुरक्षाका लागि महासंघ र प्रशासन सार्वजानिक अपिल गरेका छन् ।


