गोरखा – बुढीगण्डकी जलबिद्युत आयोजनाको डुबान प्रभावितहरुले विभिन्न माग राख्दै आज चौथो दिन पनि आयोजनाको कार्यालयमा धर्ना दिएका छन् ।
गोरखा र धादिङको सिमानामा बन्न लागेको बुढीगण्डकी जलबिद्युत आयोजनाको डुबान क्षेत्रका प्रभावितहरुले पुर्नबास र पुर्नस्थापनाको माग गर्दै आयोजनाको कार्यालयमा धर्ना दिन थालेका हुन् ।
बुढीगण्डकी जलबिद्युत आयोजना राष्ट्रिय सरोकार समितिको नेतृत्वमा प्रभावित क्षेत्रका बासिन्दाहरु सिउरेनीटार स्थित बुढीगण्डकी वातावरण, मुआब्जा, पुर्नबास तथा पुनस्थापन इकाइको कार्यालयमा गएको १७ गते देखी धर्नामा बस्दै आएको समितिका अध्यक्ष हरेराम ढकालले बताए ।
धर्ना कार्यक्रम मंसिर २४ गतेसम्म जारी रहने सरोकार समितिले जानकारी दिएको छ ।
तस्बिर : बुढीगण्डकी जलबिद्युत आयोजना राष्ट्रिय सरोकार समिति

























