गोरखा – गोरखा अस्पतालको चिकित्सकमाथी दुर्रब्यवहार भएको भन्दै आज देखी आकश्मिक बाहेक सबै सेवा बन्द गरिएको छ ।
सनिबार दिउसो कार्यकक्षमा नै चिकित्सकमाथी युवाहरुको समूहले हातपात गरेको भन्दै अस्पतालका चिकित्सकहरुले आज देखी आकश्मिक बाहेकका सबै सेवा ठप्प पारेको हो ।
चिकित्सकहरुको एक समूहले हिजो नै एक विज्ञप्ती जारी गर्दै ‘अस्पतालको कार्यस्थलमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी माथी भएको हातपात तथा दुब्र्यवहार जस्तो निन्दनिय घटनाको हामी गोरखा अस्पतालका सबै स्वास्थ्यकर्मीहरु घोर भत्सना गर्दर्छौ’ भन्दै ‘घटनामा संलग्न उपर कानुनी कारवाही नभए सम्म हामी स्वास्थ्यकर्मीहरुले आजैका मिति देखी अस्पतालका आकस्मीक बाहेक सम्पूर्ण सेवामा संलग्न नरहने’ जनाएको छ ।
विज्ञप्तीमा ‘अस्पताल कार्यकक्षमै हामी माथी हातपात र दुब्र्यहार हुनुले हाम्रो सुरक्षा चुनौती थपिएको छ’ भनिएको छ ।
विज्ञप्तीमा नाम उल्लेख नगरिकन ५ जनाले हस्ताक्षर गरिएको छ । विज्ञप्तीको बोधार्थ जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, गोरखा अस्पताल ब्यवस्थापन समिति र नेपाल चिकित्सक संघ केन्द्रिय समितिलाई दिईएको जनाईएको छ ।





















