गोरखा – गोरखा अस्पतालमा बिरामी र कुरुवा माथी दुर्रब्यवहार भएको भन्दै नेपाल बिद्यार्थी संघ गोरखाले चिकित्सकलाई कारवाहीको माग गरेको छ ।
सनिबार बिहान गोरखा अस्पतालमा गोरखा नगरपालिका ३ घलाङकी सुत्केरी महिला र उनको कुरुवालाई चिकित्सकले दुरब्यवहार गरेको आरोप नेविसंघले लगाएको हो ।
संघले एक विज्ञप्ती जारी गर्दै ‘गोरखा नगरपालिका ३ घलाङ निवासी सृष्टी बाँनिया कुवरको गोरखा अस्पतालमा सुत्केरी भएको अवस्थामा निज सुत्केरी महिला र बिरामी कुरुवालाई डिउटीमा रहेका डा.सन्दिप श्रेष्ठले गरेको दुरब्यवहार प्रति नेपाल बिद्यार्थी संघ गोरखाको गंभिर ध्यानाकषण भएको छ’ भन्दै ‘उपचार जस्तो संवेदनशिल विषयमा डिउटीमा रहेका डाक्टरबाट जुन किसिमको क्रियाकलाप तथा ब्यवहार सहन र सोच्न समेत नसकिने कुरा पटक पटक दोहरीदै आएकोले यस किसिमको गैर जिम्मेवार क्रियाकलाप नगर्न’ भनेको छ ।
जिल्ला अध्यक्ष सुवास अधिकारीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा ‘दुर ब्यवहार गर्ने डाक्टरलाई कारवाही नगरिएमा नेपाल बिद्यार्थी संघले शसत्त आन्दोलन गर्ने र सो को जिम्मेवारी गोरखा अस्पताल प्रशासनले लिनुपर्ने’ बिज्ञप्तीमा भनिएको छ ।
संघले जारी गरेको बिज्ञप्तीमा ‘गोरखा जिल्लालाई स्वास्थ्य क्षेत्रमा प्रभावकारी बनाउने र सम्पुर्ण गोरर्खाली जनताको स्वास्थ्य उपचारमा विश्वस्त दिलाउने गोरखा अस्पतालको विश्वनियतामा यस प्रकारको घटनाले गंभिर चुनौती थपिएको’ समेत आरोप लगाएको छ ।
संघले जारी गरेको सोही बिज्ञप्तीमा सिरानचोक गाउँपालिकाको चोरकाटेमा पुष्पलाल मध्य पहाडी लोकमार्गको सर्भे गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएका हेटौडाका रोशन थापाको मृत्यु बिद्युत प्राधिकरणको गैर जिम्मेवार ब्यवस्थापन र लापरवाहीका कारण भएको भन्दै अबका दिनमा यस्ता घटनालाई न्यूनिकरण गर्न जिम्मेवार हुन समेत भनेको छ ।



