गोरखा – गोरखाको चोरकाटेमा करेण्ट लागेर १ जनाको मृत्यु भएको छ ।
जिल्लाको सिरानचोक गाउँपालिका ४ चोरकाटेमा शुक्रबार दिउसो विद्युत पोलको करेण्ट लागेर हेटौँडा उपमहानगरपालिका १७ का २४ बर्षीय रोशन मगरको निधन भएको हो ।
मृत्तक मगर पुष्पलाल मध्ये पाहाडी लोकमार्गको सर्भेयर भएको पुष्टी भएको छ । घाइते मगरलाई तत्कालै उपचारका लागि गोरखा अस्पतालमा ल्याएको भएता पनि चिकित्सकहरुले उनलाई मृत घोषीत गरेका थिए ।
मगरले ११ केभी प्रशारण लाइनको विद्युत पोलमा चेनेज लेख्ने क्रममा करेण्ट लागेको विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।
के कती कारणले हाइटेन्सन लाइन पोलमा चुहावट भएको अनुसन्धान भई रहेको गाुेरखा बितरण शाखाले जनाएको छ ।


