गोरखा – जिल्लामा हिजो सम्ममा नोबल कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेहरुको संख्या ७१४ पुगेको छ ।
जिल्लाको ११ स्थानिय तहमा मध्ये सबै भन्दा कम धार्चे र सबै भन्दा बढी गोरखा नगरपालिकामा रहेको छ ।
संंक्रमित मध्ये ५८२ जनाले संक्रमणलाई जितेका छन् । अहिले जिल्ला भरी १२९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानले जानकारी दिए ।
कार्यालयको रेकर्ड अनुसार गोरखा घर भएर बाहिरी जिल्लामा संक्रमण देखिएका ६९ जना रहेका छन् । यो बिचमा ४ जनाको मृत्यु भई सकेको छ ।
आउनुहोस अब कुन पालिकामा कति संक्रमित भए हेरौं



