तनहुँ – गोरखा घर भएका १ जना युवक बन्दिपुरमा मृताबस्थामा फेला परेका छन् ।
गोरखा जिल्ला आरुघाट गाउँपालिका ४ थुमी घर भएका २६ बर्षिय होमबहादुर गुरुङको बन्दिपुर गाउँपालिका १ नाला स्थित सुमिरा होटल पछाडी फेला परेको तनहुँ प्रहरीले पुष्टी गरेको हो ।
गुरुङको मृक्त शरिर गएराती (बुधबार) फेला परेको जिल्ला प्रहरी कार्यालय दमौलीले जनाएको छ । मृतक गुरुङ सोही होटलमा काम गर्दै आएका थिए ।
बिहिबार बिहान ८ बजे युवकको शव फेला परेको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


