गोरखा – गोरखाको एउटा स्वास्थ्य चौकीलाई विभिन्न ब्यत्तिबाट संकलित ६ लाख भन्दा बढी रकमको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
जिल्लाको शहिद लखन गाउँपालिका ७ को स्वास्थ्य चौकीलाई विभिन्न दाताबाट प्राप्त ६ लाख २३ हजार ६६५ रुपैयाँ बरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको वडाध्यक्ष शरण श्रेष्ठले बताए । ‘स्वास्थ्य चौकीमा सामाग्री अभाव भए पछि विभिन्न दाताबाट प्राप्त ६ लाख भन्दा बढी रकमले सामाग्री खरिद गरेर दिईएको’ वडाध्यक्ष श्रेष्ठले बताए।
आज (बिहीबार) भएको कार्यक्रममा सहयोगीहरुले पालिकाका अध्यक्ष रमेशबावु थापालाई उत्त सामाग्री हस्तान्तरण गरेका थिए । सोही कार्यक्रममा थापाले सबै सामाग्री बुंकोट स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य सामाग्रीहरु खरिद गर्नका लागि गाउपालीका ८ निवासी प्रेम खत्रीले ४ लाख ८५ हजार ६६५ रुपैया, शहिद लखन ६ घैरुङ निवासी किरण श्रेष्ठले १० हजार, गोपाल बाबु श्रेष्ठ ११ हजार, ७ बुङकोट निबासी निरोज थापाले ६० हजार, ७ बुङकोट निवासी नवराज श्रेष्ठ १० हजार, ७ कै बुङकोट निवासी पुर्ण श्रेष्ठबाट ११ हजार रुपैयाँ संकलन भएको थियो । त्यस्तै गरी शहिद लखन ७ बुङकोटका बिष्णु थापाले १० हजार, ८ बुङकोट निवासी अर्जुन भण्डारीबाट ११ हजार, ८ कै बुङकोट निवासी बाबु श्रेष्ठले १० हजार र ८ बुङकोटका उत्तर कुमार श्रेष्ठबाट ५ हजार गरी कुल ६ लाख २३ हजार ६६५ रुपैयाँ संकलन भएको र सोही रकमबाट स्वाथ्य चौकी लागी आबश्यक स्वाथ्य सामाग्री खरीद गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा पालिकाका उपाध्क्षय इन्दिरा तिवारी, प्रमुख प्रशाशकिय अधिकृत जिवन बहादुर आले, वडा नम्बर ८ का वडाध्यक्ष काशिनाथ अंगाई, सहयोगीदाता सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्रि, स्वाथ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठ, स्थानीय सहयोगीदाता एवम उनीहरुका अभिभावकहरुको उपस्थिती रहेको थियो ।
तस्बिर शरण श्रेष्ठ




















