गोरखा – नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलेको गिरफ्तारीको बिरोध गर्दै आज पनि गोरखामा बिरोध प्रर्दशन भएको छ ।
नेपाल बिद्यार्थी संघ र नेपाल तरुण दलको संयुत्त आयोजनामा सदरमुकाममा बिरोध प्रर्दशन भएको हो ।
बिरोध प्रर्दशनमा युवाहरुले निधारमा कालो पट्टी बाधेर बजार परिक्रम गरेका थिए । युवाहरुको उत्त समूहले बिहान ११ बजे देखी १२ बजे सम्म नगरको विभिन्न भागको परिक्रमा गरेर लोकतान्त्रिक चोकमा कोण सभा सम्पन्न गरेका थिए ।
कोण सभामा नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष सुबास अधिकारी र नेपाल तरुण दल गोरखाका अध्यक्ष आनन्द गुरुङले नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष सरकार अधिनायक बाद तर्फ लम्कीदै अलोकतान्त्रिक कदम चाली रहेकोले त्यसको प्रतिकार गर्न युवाहरु तयार रहेको बताए ।

























