गोरखा – गोरखाको धनसारमा छोराले कुट्दा बुवाको मृत्यु भएको छ ।
सिरानचोक गाउँपालिका ८ जौबारीको धनसार बस्ने भुवन ढकालले धापेमा रहेको खेलमा धान झाट्ने क्रममा विवाद हुदा बुवा तुलराम ढकालको हत्या गरेको हो । ‘जौबारीको धापे भन्ने स्थानमा धानखेतमा धान झाट्दै गर्दा बुवा र छोरा विच झै झगडा हुदाँ छोराले हातले छाती र लौराले खुट्टामा हान्दा बुवाको मृत्यु भएको’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक बासुदेव खत्रिवडाले बताए ।
हिजो बुधबार धापे भन्ने स्थानमा ५ः३० बजेको समयमा धान खेतमा धान झाट्दै गरेका बुवा र छोरा बिच सामान्य विवाद हुदाँ ४० बर्षका छोरा भुवनले ७० बर्षका बुवा तुलरामलाई हातले छाती र लौरोले खुट्टामा हान्दा घाईते भएका थिए । घाईते तुलरामलाई स्थानिय प्रार्थमिक स्वास्थ्य चौकी जौबारीमा उपचार गर्दा गदै बुधबार राती ७ः१० बजे मृत्यु भएको चौकीका चिकित्सकहरुले बताए ।
घटनाका दोषी भुवनलाई जौबारी प्रहरी चौकीले बुधबार साँझ नै नियन्त्रणमा लिएकोे छ । मृत्तकको शव आज पोष्टमार्टम पछि परिवारलाई जिम्मा दिने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घटनाका बिषयमा थप अनुसन्धान भई रहेको पनि कार्यालयले जनाएको छ ।


