गोरखा – नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तारी गरेको बिरोधमा गोरखामा आज साँझ बिरोध कार्यक्रम सम्पन्न भएको छ ।
गिरफ्तारी बिरुद्व नेपाल बिद्यार्थी संघ गोरखाको बिरोध कार्यक्रमको आयोजना गरेको हो ।
उनीहरुले बजारको विभिन्न क्षेत्रको परिक्रमा गर्दै आफ्नो निर्वाचन क्षेत्रमा बनेको पुल उदघाट्नका लागि गएका नेतालाई गिरफ्तारी गरेर नेपाली काँग्रेसलाई सडकमा आउन बाध्य बनाएको भन्दै स–सम्मान रिहाई गर्न माग गरेका थिए ।


