गोरखा – गोरखा आज सरकारी कर्मचारी र प्रहरीको थुनामा रहेका बन्दी सहित थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमण देखिएका मध्ये गोरखा नगरपालिकामा ११ जना र आरुघाट गाउँपालिकामा २ जना गरी १३ जनाका संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
आज (बुधबार) सबै भन्दा धेरै गोरखा नगरपालिकामा संक्रमण देखिएको छ । नगर क्षेत्र भित्रका सरकारी कार्यालयमा काम गर्ने ४ जना र जिल्ला प्रहरी कार्यालय गोरखाको थुनुवा कक्षमा रहेको १ जनामा पनि कोरोना देखिएको गोरखा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले बताए ।
प्रमुख रेग्मीका अनुसार गोरखा नगरपालिका ६ मा ४ जना, ८ मा ५ जना र ९ मा १ जनामा संक्रमण देखिएको हो । संक्रमण देखिएका मध्ये स्वास्थ्य कार्यालयका २ जना, गोरखा नगरपालिकाका २ कर्मचारीहरु पनि छन् ।
त्यस्तै गरी आरुघाट गाउँपालिका ८ को आरुपोखरी क्षेत्रमा रहेका २ जनामा पनि संक्रमण देखिएको छ ।


