गोरखा – जिल्लाको २ स्थानिय तहमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमण देखिएको गोरखा नगरपालिकामा ३ जना र पालुङटार नगरपालिकामा २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
आइतबार प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको सूचनामा जिल्लाको २ नगरपालिका १२ जनामा संक्रमण पुष्टी भएको सूचना जारी गरेको भएता पनि ७ जना भने यस अघिनै संक्रमण देखिएर आइसोलेनमा बसेका ब्यत्तिहरु भएको पुष्टी भएको छ ।
संक्रमण देखिएका मध्ये गोरखा नगरपालिका ८ मा २ जना महिला र १ जना पुरुष रहेका छन् । गोरखा अस्पतालले स्वाब लिएर परीक्षणका लागि क्षयरोग उपचार केन्द्र पोखरा पठाएकोमा उनीहरुको पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले बताए । संक्रमण देखिएका २ महिला ८७ र ४३ बर्षका हुन भने १ जना पुरुष ९० बर्षका छन् ।
त्यस्तै गरी पालुङटार नगरपालिका ४ बोहरा गाउँ बतडाडाँ क्षेत्रका २ जनामा संक्रमण देखिएको छ । सो क्षेत्रका ४३ बर्षिया महिला र ४० बर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।



