गोरखा – गोरखाको हर्मीमा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।
हिजो (सनिबार) जिल्लाको सिरानचोक गाउँपालिका ३ स्थित हर्मी भन्ज्याङमा ग. १ त ४२२६ नम्बरको ट्याक्टर दुर्घटनामा परि चालक पालुङटार नगरपालिका वडा नम्बर १ खोप्लाङका २५ बर्षका प्रितम कोइरालाको मृत्युको हो ।
निर्माण सामग्री झार्ने क्रममा रोकी राखेको ट्याक्टर एक्कासी पछाडी हटेर पल्टिदा ट्याक्टरका चालक च्यापिएर र्गभिर घाईते भएका थिए । चालक कोइरालाको आँपपिपल अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज तर्फ लग्दै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताए ।
चालकको टाउकोमा गहिरो चोट लागेको र बोल्न नसक्ने अबस्थमा उपचारका लागि पठाइएको थियो । मृतक चालकको शव गोरखा अस्पतालमा पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइएको छ ।


