गोरखा – जिल्लाको ४ स्थानिय तहमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले सूचना जारी गर्दै जिल्लाको आरुघाट, सिरानचोक, भीमसेन थापा गाउँपालिका र गोरखा नगरपालिकामा गरी १८ जनामा कोरोना संक्रमण देखिएको जनाएता पनि होम आइसोलेनमा बस्ने ५ जना रहेको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएको आरुघाट गाउँपालिका ८ को आरुपोखरीमा ५ जना पुरुषमा संक्रमण देखिएको छ । आरुपोखरीको ४०, ३२, २९, ४१ र ४० बर्षका पुरुषमा संक्रमण देखिएको छ ।
भीमसेन थापा गाउँपालिका ४ का धावामा २९÷२९ बर्षका १÷१ जना महिला र पुरुषमा र ७ को बोर्लाङ २४ बर्षिया महिलामा संक्रमण देखिएको छ भने सिरानचोक गाउँपालिका १ को केराबारीमा ४६ बर्षको पुरुषमा संक्रमण देखिएको हो ।
त्यस्तै गरी गोरखा नगरपालिकामा ८ मा ४५ बर्षका १ जना पुरुष, ९ मा ४५ बर्षिया १ जना महिला र ४६ बर्षका १ जना पुरुष र १० मा ३५ बर्षका १ जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।



