गोरखा – गोरखाको हंशपुरमा एकै दिनमा एउटै वडामा १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको अजिरकोट गाउँपालिका ३ मा पर्ने हंशपुरमा आज एकै दिनमा १० जना पुरुषमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।
निर्देशनालयले जारी गरेको सूचना अनुसार अजिरकोट गाउँपालिका ३ मा २४, २६, ३२, २२, २५, २६, ५४, ३२, २८ र ५३ बर्षका पुरुषमा संक्रमणको पुष्टी भएको जनाइएको छ । संक्रमित सवैको गण्डकी प्रदेश क्षयरोग उपचार केन्द पोखरामा स्वाब परीक्षणका क्रममा कोरोना पुष्टी भएको हो ।
कन्ट्रयाक्ट ट्रेसिङका आधारमा उनिहरुको स्वाब लिइएको निर्देशनालयले सूचनामा भनेको छ ।
गोरखा नगरपालिका र बारपाक सुलिकोटमा गरी ३ नामा पनि संक्रमण देखियो
जिल्लाको गोरखा नगरपालिकामा २ जना संक्रमित थपिएको निर्देशनालयले जनाएको छ । गोरखा नगरपालिका ६ मा ३३ का १ जना पुरुष र ७ मा ५३ बर्षकी १ जना महिलामा संक्रमण पुष्टी भएको छ ।
त्यस्तै जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा १ मा पनि ३४ का १ जना पुरुषमा संक्रमण देखिएको छ । गोरखा नगरपालिका र बारपाक सुलिकोट गाउँपालिकाका संक्रमण पुष्टी भएका ३ जना चितवन मेडिकल कलेजको फिभर क्लिनकमा स्वांब परीक्षणका क्रममा पोजेटिभ देखिएका हुन् ।



