गोरखा – गोरखामा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमण देखिएका सबै अजिरकोट गाउँपालिका ३ का पुरुषहरु रहेको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो । यो सहित गोरखा जिल्लामा संक्रमितहरुको संख्या ६८० जना पुगेको छ ।
कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेका अनुसार जिल्लामा १३० जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु सबै होम आइसोलेनमा छन् ।
त्यस्तै गरी गोरखा घर भएका बाहिरी जिल्लामा स्वाब संकलन गरी पोजेटिभ देखिएका ६७ जना रहेका छन् ।
जिल्लामा आज समेत गरी ४ जनाको संक्रमणका कारण मृत्यु भएको छ । हिजो (शुक्रबार) पनि जिल्लामा १० जनामा संक्रमण देखिएको थियो ।


