गोरखा – गोरखाका पत्रकार नरेन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टी भएको छ ।
केही दिन यता स्वाद र गन्ध नआए पछि गरिएको स्वाब परिक्षणमा संक्रमण पुष्टी भएको पत्रकार ढकालले जानकारी दिए । ‘तिहारमा घर गएर आए पछि स्वाद र गन्धमा समस्या आए पछि स्वाब परिक्षण गराएको थिए । संक्रमण देखियो भनेर खबर प्राप्त भएको छ’ पत्रकार ढकालले बताए ।
पत्रकार ढकाल नेपाल प्रेस युनियन गोरखाका अध्यक्ष, गोरखा समाचार राष्ट्रिय दैनिक, गोरखा पत्र दैनिक र रेडियो गोरखामा आबद्व छन् ।
स्वास्थ्यमा सामान्य समस्या देखिन थाले पछि ढकाल आफै गएको बुधबार देखी गोरखा सदरमुकाममा रहेको घरमा होम क्वारेनटाइनमा बस्दै आएका छन् ।
सामान्य रुघाखोकी बाहेक अन्य कुनैपनि समस्या नरहेको र आफु स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा समेत रहेको उनले बताए ।
ढकालले आफुलाई संक्रमण देखिएका कारण आफ्नो सम्र्पकमा रहेका सबैले स्वाब परिक्षण गराउन तथा सतर्क रहन समेत आग्रह गरेका छन् ।


