गोरखा – गोरखामा कोरोना संक्रमित चौथो ब्यक्तिको मृत्यु भएको छ ।
गोरखा नगरपालिका ६ बस्ने ७५ बर्षिया उत्त महिलाको उपचारको क्रममा गोरखा अस्पतालमा मृत्यु भएको हो ।
संक्रमित महिला गोरखा अस्पतालमा मंसिर ८ गते नै उपचारका लागि आएको पिसिआर गर्दा पोजेटिभ देखिए पछि ९ गते अस्पतालले आईसियूमा राखेर उपचार गर्दा गर्दै स्वास्थ्यमा सुधार हुन नसके पछि हिजो (शुक्रबार) राती ८ः३० बजे मृत्यु भएको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले बताए ।
संक्रमित बिरामी बिगत १० महिना देखि हिड्डुल गर्न नसक्ने रोगबाट थलिएका थिए । उनी गोरखा अस्पतालमा भर्ना हुदा निकै कमजोर र निमोनिया ले ग्रसित भई सकेको अस्पतालले जनाएको छ ।




















