गोरखा – आज नेपाल आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला भोली गोरखा आउने भएका छन् ।
उनी भारतीय सहयोगमा बनेका विद्यालयको उद्घाटन गर्न गोरखा आउन लागेका हुन् ।
आज (बिहीबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै श्रींगलाले शुक्रबार गोरखा जाने कार्यक्रम रहेको बताए ।
‘गोरखामा २६ हजार ९१२ घर बनाउने प्रधानमन्त्री मोदीको प्रतिवद्धता अनुसार २५ हजार १७ घर बनिसकेको छ भने ३ वटा विद्यालय पुनःर्निर्माण सम्न्पन भएको छ । श्रींगला सोही स्कुलको उद्घाटन गर्न आउने कार्यक्रम तय भएको भारत सरकारद्वारा सहयोग प्राप्त नेपाल आवास पुनःनिर्माण परियोजना गोरखाका सूचना अधिकारी तारा ढकालले जानकारी दिईन ।
श्रींगलाले भोली गोरखा नगरपालिका १० को छेवेटारमा रहेको तारा माबि, गोरखा नगरपालिका ९ को लक्ष्मी बजारको महालक्ष्मी मावि र गोरखा नगरपालिका ८ को रत्नलक्ष्मी माविको भवन उद्घाटन गर्ने छन् । उनले लक्ष्मी बजारको महालक्ष्मी मावि भौतिक उपस्थितीमा उद्घाटन गर्ने र अन्य दुई बिद्यालय साँकेतीक रुपमा सोही स्थानबाट उद्घाटन गर्ने गोरखाको परियोजना अफिसले जानकारी दिएको छ ।
१२ः३० बजे गोरखा सदरमुकामको कार्यक्रम सके लगत्तै श्रींगला मनाङ जाने कार्यक्रम तय भएको छ ।


