गोरखा – गोरखामा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
आज (बिहीबार) गोरखा नगरपालिकाको १ जना र आरुघाट गाउँपालिकामा ४ जना गरी थप ५ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।
संक्रमित मध्ये गोरखा नगरपालिका ७ का २९ बर्षका पुरुष चितवन मेडिकल कलेजमा उपचारका क्रममा फिभर क्लिनीकमा स्वाब लिदा पोजेटिभ देखिएको हो भने आरुघाट गाउँपालिका ९ मा २५ बर्षिया महिला १ जना र २७, २६ र ३५ बर्षका पुरुषको स्वाब क्षयरोग उपचार केन्द्र पोखरामा परिक्षण गर्दा पोजेटिभ देखिएको निर्देशनालयले सूचना जारी गर्दै भनेको छ ।




