गोरखा – निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम अन्र्तगत गोरखा क्षेत्र नम्बर १ अन्र्तगतको ४ करोड रकम बिभिन्न ३० शिर्षकमा खर्च गर्ने गरि बिनियोजन भएको छ ।
संघिय सांसद हरिराज अधिकारीको संयोजकत्वमा बसेको बैठकले गोरखा अस्पताललाई कोभिड व्यवस्थापनका लागि २५ लाख ४० हजार, गोरखा नगरपालिका ७ स्थित गोरखा क्याम्पसको कम्पाण्ड निर्माणका लागि १० लाख, गोरखा नगरपालिका १ ताप्लेमा रहेको दिपज्योती नेपाल युवा क्लबको भवन निर्माणका लागि १२ लाख बिनियोजन गरिएको सांसद अधिकारीले जानकारी दिए ।
त्यस्तै शहिद लखन गाउँपालिका ९ को खरि गाउँमा रहेको राधा कृष्ण मन्दिर निर्माणका लाग १० लाख, वडा नम्बर ९ स्थित महेन्द्र शक्ति माविको कम्पाउण्ड निर्माणा लागि १२ लाख, वडा नम्बर ७ मा रहेको भङगारा खेलकुद मैदान निर्माणका लागि १० लाख, वडा नम्बर ४ मा वडा स्तरीय खेलकुद मैदान निर्माणका लागि १० लाख, वडा नम्बर २ को ढाडबारीमा खेलकुद मैदान निर्माणका लागि १४ लाख र वडा नम्बर ८ मा दलित सामुदायिक भवन निर्माणका लागि १० लाख बिनियोजना गरिएको सांसद अधिकारीले बताए ।
कार्यक्रम अन्र्तगत गण्डकी गाउँपालिका वडा नम्बर ५ मा रहेको स्मरण युवा क्लबको भवन निर्माणका लागि १२ लाख, वडा नम्बर २ स्थित बृद्ध स्मृति युवा क्लवको भवन निर्माणका लागि १२ लाख, वडा नम्बर ३ फुजेलमा रहेको भैरव आश्रम मा।विको कम्पाउण्ड निर्माणका लागि १० लाख, वडा नम्बर ७ र ६ मा पर्ने ज्यामिरेघाट कौदी हुदै फिस्लिङ सडक स्तरोन्नतीका लागि १५ लाख र वडा नम्बर ८ को नयाँ गाउँ खेलकुद मैदान निर्माणका लागि १० लाख बिनियोजन भएको छ ।
उता भीमसेन थापा गाउँपालिका ६ अश्राङमा रहेको श्री नवजागृति चण्डी माविको घेराबारका लागि १३ लाख, वडा नम्बर ७ र ८ मा पर्ने सिमलटार सातबिसे हुदै महादेवटार क्ल्बट निर्माणका लागि १२ लाख, प्रभात मावि धावाको बिधालयमा ट्रस्ट निर्माणका लागि १५ लाख, लामाचौर वडा कार्यालय जाने बाटो ढलानका लागि १५ लाख, आरुघाट गाउँपालिका ५ गुम्दामा रहेको धार्चे आमा समुह भवन निर्माणका लागि २५ लाख, वडा नम्बर ६ काशिगाँउमा रहेको मन्जुश्री माविको घेराबारका लागि १० लाख, वडानम्बर २ स्थित केरौजा युवा क्लबको भवन निर्माणका लागि १२ लाख, दुङ्ला सडक निर्माणका लागि १२ लाख, हुल्चुक गोरेटो बाटो निर्माण लागि १० लाख बिनियोजन गरिएको सांसद अधिकारीले जानकारी दिए।
कार्यक्रम अन्र्तगत चुमनब्री गाउँपालिका ४ प्रोकमा स्याउ खेती घेराबास र हेलिप्याड निर्माणका लागि २० लाख, आमोस कृषि फर्म प्रर्बद्धनका लागि १५ लाख र छुले खोला पहिरो नियन्त्रणका लागि १० लाख छुट्याइएको छ ।
सांसद अधिकारीले चालु आबको यो कार्यक्रमको रकम शिक्षा र स्वास्थ्य क्षेत्रलाई जोड दिएर बिनियोजन गरिएको जनाए ।




