गोरखा – गोरखाको २ स्थानिय तहका ३ जनामा आज कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको गोरखा नगरपालिका र गण्डकी गाउँपालिका ३ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।
संक्रमण देखिएका गोरखा नगरपालिका ६ का २ जनाको गोरखा अस्पतालले स्वाब संकलन गरेर थियो । तिनै जनाको क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब परिक्षणका क्रममा पोजेटिभ देखिएको हो ।
संक्रमित मध्ये गोरखा नगरपालिका ६ का ७४ बर्षका पुरुष र २६ बर्षिया महिला रहेका छन् भने गण्डकी गाउँपालिका २ को ५६ बर्षका पुरुषमा पनि संक्रमण देखिएको निर्देशनालयले जारी गरेको सूचनामा भनिएको छ ।



