गोरखा – गोरखा बजारबाट खोप्लाङ फिडरको लागि बितरण भएको बिद्युत अबरुद्व हुदा ५ हजार ग्रहाक प्रभावित भएका छन् ।
मंगलबार राती १०ः४५ बजे गोरखा नगरपालिका ८ को ठिगुरेश्वारा मोडमा बोलेरो जिपले बिद्युत पोलमा ठक्कर दिए पछि उत्त संख्याको घरमा बिद्युत अबरुद्व भएको हो ।
लक्ष्मीबजार देखी गोरखा बजार तर्फ आउदै गरेको बा. १९ च नम्बरको बोलेरो जिप अनियन्त्रीत भएर मोडमा रहेको सिमेन्ट पोलमा ठक्कर दिदाँ पोल भाँचिए पछि बिद्युत लक्ष्मी बजार देखी छोप्राक सम्मका ग्रहाकको घरको बिद्युत अबरुद्व भएको नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण शाखाका प्रमुख माधब न्यौपानेले बताए ।
मदिरा सेवन गरेर सवारी चलाएका चालकले नियन्त्रण गुमाउदा बिद्युतको पोल भाँचीए संगै लक्ष्मी बजार, बिरेनचोक, बाह्र किलो, छेवेटार, मिरकोट, खोप्लाङ र छोप्राक सम्म करिब ५ हजार घर अन्धकार भएको थियो ।
पोल भाँचीए संगै विभिन्न कम्पनीका फाईबर केबुल, नेपाल टेलिकमको तारमालाई क्षति पुगेको छ भने अबुवा देखीको सिसी क्यामेरा समेत अबरुद्व भएको छ ।
बितरण शाखाले बिहानै ६ बजे देखी मर्मतको काम थालेको छ । केबुल कम्पनीले पनि बिहानै देखी काम सुरु गरेको छ भने टेलिकमले पनि कर्मचारी खटाएर काम सुरु गरेको छ ।
सवारीका चालक अनिल खत्रीले मादक पदार्थ सेवन गरेर सवारी चलाएको प्रहरी कार्यालयले जनाएको छ ।




















