गोरखा – गोरखाबाट अबैध रुपमा जिल्ला बाहिर गोरु निकासी हुने क्रम नरोएिको भन्दै स्थानियहरु तस्करी रोक्न एक जुट हुन थालेका छन् ।
त्यसको पछिल्लो उदाहरण हिजो (सोमबार) राती जिल्लाको सिरानचोक गाउँपालिकाबाट मकवानपुरको हटौडा तर्फ लादै गरेको १९ वटा गोरु सहित ट्रकलाई गोरखा नगरपालिका १२ को नौ किलो बासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।
जिल्लाबाट गोरु निकासी हुदै गरेको भन्ने सूचनाका आधारमा नौ किलो बजार क्षेत्रका स्थानीयले ना. ७ ख ४२७० नम्बरका ट्रक र त्यसमा ल्याएको १९ वटा गोरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको स्थानियले बताए । ‘यस अघि पनि पटक पटक अबैध रुपमा यसरी नै गाई गोरुको तस्करी हुने गरेको तर प्रहरी प्रशासनको सहयोगमा जिल्ला कटाउने गरेको’ भन्दै ‘एउटा ट्रकमा गोरु हालेर लादै गरेको जानकारी पाए पछि हामील्े सोमबार राती बाटो नै कुरेर बस्नु परेको’ उनीहरुले भने ।
ट्रक सहित गोरु नियन्त्रणमा लिने स्थानियले सम्वन्धीत स्थानीय तह तथा अधिकार प्राप्त निकायको स्विकृति बिना नै नक्कली कागजात बनाएर गोरु लैजान लागिएको जानकारी पाएकोले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो ।
निर्यात गर्न लागेको गोरुलाई हेटौडा उपमहानगरपालिकाको चिसापानीमा रहेको भीमबहादुर सुनारको पशु फार्ममा लैजानका लागि कागजात तयार पारेर ल्याएका थिए । निर्यात गर्ने मानिसले अवकास प्राप्त जिल्ला पशुसेवा कार्यालय गोरखाका डा.जीवन पोखरेलको हस्ताक्षर भएको एउटा कागज छ साथमा लिएको आएका थिए ।
ट्रकमा गोरु आएको सुचना थाहा पाएका नौ किलोको ६० भन्दा बढी युवाहरुको समूहले निर्यातमा अवरोध गरेका थिए ।
हामीले हिजै साँझ भेटेनरी अस्पतालमा बुझायौ : गोरखा प्रहरी प्रमुख
यूवाहरुको समूहले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको गोरु सहितको ट्रकलाई प्रहरीले हिजै साँझ भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गोरखालाई बुझाएको गोरखामा प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले बताए । ‘यसमा प्रहरीले पैसा खान्छ भन्ने विवाद आउने भएका कारण हामीले हिजो राती नै प्रहरी मुचुल्का सहित ट्रक र गोरुलाई भेटेरीनरी अस्पताल पठाएको’ बताए । ’गोरु निर्यातका लागि प्रयाप्त कागजपत्र नभएका कारण सम्वन्धीत कार्यालयलाई मुचुल्का सहित बुझाईएको’ गुरुङले भने ।
निर्यात गर्ने प्रयाप्त प्रमाण नभई निर्यात गर्न दिन्नौ : बिज्ञ केन्द्र प्रमुख डा.भट्ट
गोरु र ट्रक हिजै साँझ प्रहरीले कार्यालयमा पठाएको बिज्ञ केन्द्र गोरखाले जनाएको छ । हामीले कागजत अध्ययन गरयौ तर सम्वन्धीत मानिस पनि नभएको र प्रयाप्त कागजात पनि नभएका कारण निर्यात गर्न दिएको छैनौ भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गोरखाका प्रमुख डा.इन्द्र भट्टले बताए । ‘गोरु लिएर आउने मुख्य मानिस आएको छैन । हामीले पटक पटक सोध्दा हेटौडा लाने र पाल्ने मात्र भन्छन् । यती मात्र भनेर हामीले निर्यात गर्न दिन मिल्दैन’ भन्दै डा.भट्टले ‘निर्यात गर्न मिल्ने कागतपत्र लिएर आउन भनेका छौ । होइन भने तत्कालै जहाँबाट खरिद गरेर ल्याएको हो त्यही लगेर छाडन समेत हामीले भनेका छौ’ उनले भने ।
पहाडी क्षेत्रमा पाइने स्थानीय जातका गोरुहरु खेतबारी जोत्नका लागि प्रयोग गर्ने गरिए पनि यसलाई निर्यात गरे मासुको रुपमा प्रयोग हुन गरेको जानकारहरु बताउछन् । गोरुको मासु जिल्लामा पनि औषधीको रुपमा प्रयोग हुने गरी काटमार हुने गरेको भएता पनि जिल्लाको धेरै जसो गोरु मकवानपुर निर्यात गरेर मासुको रुपमा प्रयोग हुने गरेको छ ।
धर्म संस्कती अनुसार आफुहरुले गोरु काटेर खादा कानूनी कारवाही भोग्नु पर्ने तर ठुलो संख्यामा गोरु काट्नैको लागि लादा भने कारवाही नभए निर्यात कर्ता वा प्रशासनले ठुलो मुल्य चुकाउनु पर्ने युवाहरुको समूहले प्रहरी र प्रशासनलाई चुनौती दिएका छन् ।


