गोरखा – गोरखामा आज (मंगलबार) १७ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमण देखिएकाहरुमा खाद्य, शिक्षक र बैंकका कर्मचारी सहित १७ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये गोरखा नगरपालिकाका १६ जना र सिरानचोक गाउँपालिका १ जना भएको पुष्टी भएको छ ।
संक्रमितहरु गोरखा सदरमुकाममा रहेको खाद्य तथा पाेषण आयाेजनाका १ जना कर्मचारी, सरस्वती मावि आहालेका १ जना शिक्षक र गोरखा बजारको लोकतान्त्रिक चोकमा रहेको प्रभु बैंकमा १ जना कर्मचारीमा संक्रमण देखिएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
निर्देशनालयले आज जारी गरेको पहिलो सूचनामा गोरखा नगरपालिका ३ नारेश्वरका ३३ बर्षिया महिला र ३१ बर्षका पुरुष, वडा नम्बर ५ का २२ बर्षका पुरुष, वडा नम्बर ८ को ८२, २६ र २३ बर्षिया महिला तथा ८७, २८ र ४२ का पुरुषमा पनि संक्रमण देखिएको छ ।
त्यस्तै गरी गोरखा नगरपालिका ९ मा ५ जना महिला र २ जना पुरुषमा पनि संक्रमण देखिएको छ । संक्रमित मध्ये ३२, १७, ११, ६७ र ६५ बर्षिया महिला रहेका छन् भने ४७ र ४६ बर्षका पुरुषमा पनि संक्रमण देखिएको छ ।
उता सिरानचोक गाउँपालिका ७ का ३५ बर्षका पुरुषमा पनि संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।



