गोरखा – गोरखामा आज (सोमबार) ६ स्थानिय तहमा २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमण पुष्टी भएका मध्ये १६ जना पुरुष र ५ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो । यो संगै जिल्लामा संक्रमितहरुको संख्या ६४० जना पुगेको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानले बताए ।
निर्देशनालयले एक सूचना जारी गर्दै जिल्लाको आरुघाट, गण्डकी, शहिद लखन, भीमसेन थापा, अजिरकोट र पालुङटार नगरपालिका २१ जनामा संक्रमण देखिएको छ ।
जस अनुसार आरुघाट गाउँपालिका वडा नम्बर ९ मा २ पुरुष १ महिला, गण्डकी गाउँपालिका वडा नम्बर १ मा २ जना पुरुष, शहिद लखन गाउँपालिकामा ३ जना पुरुष, भीमसेन थापा गाउँपालिका ४ मा २/२ जना महिला पुरुष र अजिरकोट गाउँपालिका १ मा १ जना पुरुषमा संक्रमण देखिएको छ ।
साथै पालुङटार नगरपालिका ४ मा ४ जना पुरुष, ५ मा १ जना पुरुष र १० मा २ जना पुरुष र १ जना महिलामा संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय गोरखाले दिएको जानकारी अनुसार आज सम्म १२२ जना सक्रिय संक्रमित रहेको छ । त्यस्तै गरी बाहिरी जिल्लाबाट कोरोना संक्रमण पुष्टी भएका ६६ जना रहेका छन् ।



