गोरखा – गोरखाको २ वटा नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको गोरखा र पालुङटार नगरपालिकामा १÷१ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
निर्देशनालयले आज (सोमबार) जारी गरेको सूचनामा गोरखा नगरपालिका ४ को फिनामका २६ बर्षिय पुरुष र पालुङटार नगरपालिका १० को मिरकोटका ४४ बर्षिया महिलामा संक्रमण देखिएको छ ।
दुवै जना उपचारको लागि चितवन मेडिकल कलेजमा पुग्दा त्यहाँ रहेको फिभर क्लिनीकमा स्वाब दिएका उनीहरुमा संक्रमण देखिएको हो ।





















