गोरखा – मनकामना केबुलकार २३ बर्षमा प्रवेश गरेको छ ।
चितवनको चेरेश देखी गोरखाको मनकामना सम्म जोडने नेपालकै पहिलो केबुलकार २३ बर्षमा प्रवेश गरेको हो । यो अवधिमा केबुलकारले १ करोड ५५ लाख भन्दा बढी यात्रुलाई सेवा दिएको छ ।
स्थापना देखी नै यात्रुको सुरक्षा र विश्व स्तरीय मापदण्डमा सञ्चालित केबुलकारले यो अबधीमा १ करोड भन्दा बढी तिर्थ यात्री र पर्यटकलाई सेवा दिई सकेको सञ्चालक मध्ये एक राजेशबावु श्रेष्ठले बताए । ‘हामी अझै यात्रुको सुरक्षा र विश्व स्तरीय मापदण्डका अन्य सेवाहरु सञ्चालनको तयारीमा छौ’ सञ्चालक श्रेष्ठले भने ।
केबुलकारले पछिल्लो समय नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण सर्व साधारणको सुरक्षालाई ध्यान दिदै ई टिकेटको समेत ब्यवस्था गरेको छ । फोन पे मार्फत समेत टिकटको पैसा तिर्न सकिने ब्यवस्था गरिएको मनकामना केबुल कारकार नायव महाप्रबन्ध उज्वल शेरचनले बताए ।
सुरक्षाका कारण ०७६ साल चैत्र ८ गते देखी केबुलकार बन्द रहेकाे छ । केबुलकार सञ्चालनका लागी मनकामना बासीहरुले आग्रह गर्दै आएकाे छ । केबुलकार अब छिट्टै सञ्चालनमा आउने सञ्चालकहरुले बताएका छन् ।





