काठमाण्डौं – लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा रहेको ‘यो माया के हो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मनछुने गीतमा शब्द राम कृष्ण महराको रहेको छ भने मन कुमार (शिवराज)ले यस गीतलाई संगीतवद्द गरेका हुन् । गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ ।
वियोगान्त प्रेम कथामा आधारित म्युजिक भिडियोमा नायिका केकी अधिकारी, दिनेश थापा (आयुष) र मनोज ओली फिचर्ड छन् । दिपेन बस्नेतले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् ।
गोविन्द प्रसाद साहले उत्पादक रहेको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो । ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक भएको हो ।
रोजगारीको सिलसिलामा मलेशियामा रहेका उत्पादक साह र महराले विदेशी भुमि बाटै आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका छन् । यसअघि गीतकार महराले ुमैले भन्दा, ुसाइनोु, ुउठ युवा होु लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् ।
यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पुर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन् ।




















