गोरखा – जिल्लाको पालुङटारमा आज मृत्त अवस्थामा १ जना पुरुषको शव फेला परेको छ ।
मृक्तक पालुङटार नगरपालिका ७ का जोगी स्थान बस्ने बर्ष ३७ का रामबहादुर कुमाल भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको छ ।
कुमाल हिजो घरबाट ससुराली गएको र ससुरालीबाट घर नआए पछि उनको खोजी गर्दा आज (शुक्रबार) दिउसो १ बजे मृत्त अवस्थामा फेलापरेको प्रहरी कार्यालयले जनाएको छ । ‘हिजो ससुराली गएर घर फर्किएका कुमाल घर नआएको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी गर्दा स्थानियले खेतमा घोप्टो अवस्थामा देखेर प्रहरीलाई खबर गरेको’ प्रहरी उपरिक्ष सुरेन्द्रबहादुर गुरुङले बताए ।
ससुरालीबाट फर्किएका उनी खेतको बाटो भएर घर आउदा चिप्लीएर लडेर मृत्यु भएको प्रहरीले अनुमान गरेको छ । मृत्तक कुमालको पालुङटार नगरपालिका ८ को ढोडघाँरी भन्ने स्थानको खोला छेवैको खेतमा घोप्टो अवस्थामा शव फेला परेको हो ।
प्रहरीले घटनाको बिषयमा अनुसन्धान गरी रहेको कार्यालयले जनाएको छ । उनकाे शव पाेष्टमार्टमका लागी गाेरखा अस्पताल ल्याइएकाे छ ।


