गोरखा – गोरखाको २ स्थानिय तहका ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको गोरखा नगरपालिका र बारपाक सुलिकोट गाउँपालिकाका गरी ४ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
निर्देशनालयले आज जारी गरेको सूचना अनुसार गोरखा नगरपालिका २, ११ र १३ वडाका १/१ जना पुरुषमा संक्रमण देखिएको छ । संक्रमण देखिएका क्रमश.२८, ३९ र २३ बर्षका पुरुषहरु रहेका छन् ।
त्यस्तै गरी बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर २ को बारपाकका ३४ बर्षका पुरुषमा संक्रमण देखिएको छ ।
संक्रमण देखिएका चारै जना चितवन मेडिकल कलेजमा उपचारका क्रममा फिभर क्लिनीकमा स्वाब दिने क्रममा पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।



