दमौली – गोरखाबाट पोखरा जाँदै गरेको स्कुटरको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् ।
पृथ्वीराजमार्ग अन्र्तगत तनुहँको शुक्लागण्डकी नगरपालिका २ गाछेपानीमा गोरखाबाट गइरहेको लु. ६० प ५४९ नम्बरको स्कुटरले सोही ठाउँका १० बर्षका सौरब थापालाई ठक्कर दिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाको छ ।
स्कुटरको ठक्करबाट बालकको टाउको र निधारमा चोट लागेको छ । उनको स्थानीय तनहुँ सेवा अस्पतालमा सामान्य उपचारका पछि थप उपचारका लागि कालिगण्डकी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।
सडक हिडिरहेका बेला स्कुटरले बालकलाई ठक्कर दिन पुगेको थियो । ठक्कर दिने चालक स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


