गोरखा – ब्यापारीक घराना तथा ‘भरत साहू’ नामले परिचित भरतबावु श्रेष्ठको आज निधन भएको छ ।
चौबिस कोठी परिवारका सदस्य श्रेष्ठको आज (बिहीबार) संघिय राजधानी काठमाण्डौंमा निधन भएको हो ।
एक सफल ब्यापारी तथा समाज सेवीका रुपमा परिचित श्रेष्ठले गोरखामा संस्कृत पढाउनका लागि गोरखक्षनाथ वैदिक गुरुकुलको स्थापना गरेका थिए । उनी त्यसका संरक्षक समेत हुन् ।
उनले सँस्कृतीको सरक्षण गनुपर्ने भन्दै आफ्ना स्वर्गिय बावुआमाको नाममा प्रेमनारायण देवकुमारी साँस्कृतीक प्रतिष्ठानका समेत स्थापना गरेका थिए । उनी त्यसका वहालवाला अध्यक्ष रहेको पारिवारीक श्रोतले जानकारी दिएको छ ।
आफु बसेको स्थान तिनधारे खानेपानी तथा सरसफाई उपभोत्ता समितीका अध्यक्ष समेत रहेका श्रेष्ठलाई ३ साता अगाडी कोरोना संक्रमण देखिएको र त्यस लगत्तै छातीमा संक्रमण अर्थात निमोनिया देखिए पछि राजधानीको ओम अस्पतालमा उपचाररत थिए ।
कोरोना नेगेटिभ देखिएका उनीमा निमोनिया देखिए पछि उपचारकै क्रममा आज बिहान ३ः४० बजे निधन भएको हो ।
१९९६ सालमा जन्मिएका श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिने परिवारले जनाएको छ ।


