गोरखा – गोरखामा आज एकै परिवारका ३ जना सहित ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
गोरखा नगरपालिका ८ का गोरखा अस्पतालमा काम गर्ने चिकित्सकको परिवारका ३ जना र तनहुँ आँबुखैरेनी घर भई गोरखा अस्पतालमा उपचारत १ जना पुरुषमा संक्रमण देखिएको हो ।
संक्रमण पुष्टी हुनेमा ८९ र ५२ बर्षमा पुरुष र ५० बर्षिया महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
त्यस्तै गरी स्वास्थ्य कार्यालय गोरखाले दिएको जानकारी अनुसार तनहुँको आँबुखैरेनी घर भई गोरखा अस्पतालमा उपचाररत ६७ बर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । यो सहित गोरखामा संक्रमित हुनेहरुको संख्या ६१९ पुगेको छ ।
उनीको स्वाब गोरखा अस्पतालले संकलन गरेर क्षयरोग उपचार केन्द्र पोखरामा परिक्षणकालागि पठाएकोमा पोजेटिभ देखिएको हो ।



