गोरखा – कोरोना माहामारीका कारण वेरोजगारी बढे संगै गोरखाका सर्व साधारणहरुले पशु पंक्षि पालनमा जोड दिन थालेका छन् ।
‘साना व्यवसायी फर्म बिस्तार कार्यक्रम’ अन्र्तगत जिल्ला भेटेरीनरी अस्पताल गोरखाले मागेको २९ निवदेनमा ५३७ वटा निवेदन परे पछि पशु पंक्षि पालनमा मानिसहरुको चासो बढेको तथ्य खुलेको हो ।
जिल्ला भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञकेन्द्र गोरखाले चालु आबका लागि सञ्चालन गर्न लागेको उक्त कार्यक्रमका लागि १० वटा स्थानीयबाट उत्त संख्यामा निवेदन परेको केन्द्रका प्रमुख डा.इन्द्रबहादुर भट्टले बताए । ‘माग गरिएको निवदेनमा चुमनुव्री गाउँपालिका बाहेकका अन्य १० वटा स्थानिय तहका ५३७ जनाले अनुदानका लागि निवदेन परेको’ जानकारी दिदै त्यस मध्ये पनि ‘गोरखा नगरपालिकाबाट १५० वटा भन्दा बढी निवेदन दर्ता भएको’ बताए ।
उत्त कार्यक्रम अन्तरर्गत किसानलाई गाई बस्तुको गोठ तथा खोर, माछा पालनका लागि पोखरी खन्ने तथा तारबार जस्ता कार्यक्रम रहेको कार्यालयले जानकारी दिएको छ । गण्डकी प्रदेश भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्राप्त ८७ लाख रुपैयाँले किसान लक्षित कार्यक्रम सुरु गरीएको हो । कार्यक्रम अन्तरर्गत किसानले गोठ निर्माण तथा माछा पोखरी खनेको वा तारबार गरेकै हुनुपर्ने छ ।
‘बाख्रा किन्ने र गाई भैसी किन्ने भने पछि बेच्न पनि सक्ने भएकोले खोर बनाए पछि अवश्य पनि पाल्छ भन्ने उद्वेश्यले खोर, गोठ नै बनाउनका लागि कार्यक्रम तय गरिएको’ कार्यालय प्रमुख डा.भट्टले बताए । ‘यो कार्यक्रम अन्तरर्गत किसानले अधिकतम ३ लाख रुपैयाँ सम्म पाउने’ डा.भट्टले जानकारी दिए ।
तर कार्यालयमा मागको संख्या बढी भएकोले थोरै रकम पनि गोठ, खोर र माछा पोखरी निर्माण, मर्मत तथा छेकबार भएको खण्डमा २९ फर्मको सख्या बढेर धेरै किसानले अनुदान पाउन सक्ने कार्यालयको दावी छ । यो कार्यक्रममा किसानले बंगुर, भेडा, बाख्रा, भैसी, गाई, कुखुराका खोर तथा माछाका लागि नयाँ पोखरी, पोखरी मर्मत र सुरक्षाका लागि तारबार हाल्न सक्ने छन् । छनौट भएका किसानले कार्ययोजना कार्यालयमा पेश गर्नुपर्ने छ ।
निवेदन परेका सबै किसानको घरमा कार्यालयका प्रतिनिधी पुगेर अनुगमन गर्नुपर्ने भएका कारण मंसिर पहिलो साताबाट मसान्त सम्ममा अनुगमनको काम सकेर पौष १५ गते सम्म फर्म छनौट र माघ महिनामा कार्यक्रम सक्ने लक्ष्य कार्यालयले राखेको छ । यो कार्यक्रममा सबै भन्दा बढी निवदेन कुखुरा र बाख्रामा परेको कार्यालयले जनाएको छ ।
छनौट गर्दा भौगोलिक अवस्था, यातायाता, सिंचाई, सडक, तालिम, वैदेशीक रोजगारीमा गएर फर्किएका जस्ता आधारलाई मानिने भएको छ ।


